काँग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाले आफुलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

शशांकले भनेका छन् –

‘प्रिय साथीहरू !

आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन ।

चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसन मा बसेको छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप