बाँकेमा थप एक जनाको कोरोनाबाट मृत्यु

बाँके ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा     अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं.- १२ का  ४२ वर्षीय पुरूष रहेका    छन् । उनको मंगलबार बिहान  मृत्यु भएको हो ।

उनी साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना भएका थिए।

उनको स्वास्थ्यमा समस्या आएपछि  भदौ ४ गते  उनको स्वाब संकलन गरेरे स्वाब संकलन गरेर परीक्षण गर्दा  भदौ ५ गते उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो  ।

त्यसपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा  पठाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री