उपत्यकामा ३२६ सहित थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

तीमध्ये काठमाडौं उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन् । उपत्यकामा सबैभन्दा धेरै, काठमाडौंमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९७९ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री