डिउटीमा रहदा ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका-२ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा रहदा ऐर एक्कासी ढलेर बेहोस भएका थिए । उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस