रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम, देखिएन नकारात्मक प्रभाव

काठमाडौं । रुसले विकास गरेको कोभिड-१९ खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ । शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको हो ।

यो जानकारी मेडिकल जर्नल ‘ल्यान्सेट’ मा प्रकाशित एक अध्ययनमा दिइएको हो । तर विशेषज्ञहरुले भने खोप सुरक्षित र प्रभावशाली भएको साबित गर्न निकै कम संख्यामा खोपको परीक्षण गरिएको बताएका छन् ।

रुसले गएको महिना कोरोना भाइरसको खोप विकसित गर्ने घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिलो खोप बनाएको घोषणा गर्दै आफ्नो छोरीले पनि त्यो खोप लगाएको बताएका थिए । रुसको यो खोपलाई लिएर पश्चिमी देशका वैज्ञानिकहरुले खोप सुरक्षित रहेकोमा आशंका व्यक्त गर्दै आइरहेका छन् । उनीहरुले खोपलाई लिएर यति चाँडै अघि बढ्नु खतरनाक हुने बताएका थिए ।

ल्यान्सेटको अध्ययनअनुसार रुसी शोधकर्ताहरुले दुई छोटो परीक्षण गरेका थिए, प्रत्येक परीक्षणमा १६ देखि ६० वर्षका ३८ स्वस्थ व्यक्तिलाई सहभागी गराइएको थियो । उनीहरुलाई दुई हिस्सामा खोप दिइएको थियो ।

प्रत्येक सहभागीलाई पहिलो हिस्सामा खोपको एक खेप दिइएको थियो र त्यसको २१ दिनपछि दोस्रो खेप दिइएको थियो । उनीहरुमाथि ४२ दिनसम्म निगरानी गरिएको थियो । तीन हप्तामै उनीहरुको शरीरमा एन्टिबडी विकसित भएको थियो । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस