पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका ५ जिल्लामा ४३ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा १ जना, मनांङमा १ जना ,स्याङ्जामा १ गोरखामा १६ जना र नवलपरासी(ब.सु.पू. ) २४ जना गरी जम्मा ४३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ९७ पुगेको छ ।

तपाईंको प्रतिकृया




