ललितपुरमा कर्फ्युका बिच मच्छिन्द्रनाथकाे क्षमा पूजा

काठमाडौं । ललितपुरको पुलचोकमा हिजो (बिहीबार) रातो मच्छिन्द्रनाथको रथयात्रामा अवरोध आएपछि आज क्षमापूजा गरिएको छ । ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएकाे हाे ।

बिहीबार मच्छिन्द्रनाथको रथयात्राका क्रममा स्थानीय युवा तथा प्रहरीबीच झडप भएको थियो । उपत्यकामा काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे अवस्थामा जारी निषेधाज्ञा ताेडेर राताे मच्छिन्द्रनाथकाे रथ तान्न भेला भएका स्थानीयमाथि प्रहरीले अवराेध सिर्जना गरेपछि झडप भएकाे हाे ।

प्रहरीले पानीकाे फाेहाेरा र अश्रुग्यास हानेकाे थियाे भने स्थानीयले गुलेली र ढुंगामुढा गरेका थिए । दाेहाेराे भिडन्तका क्रममा केही प्रहरी तथा युवाहरु घाइते समेत भएका थिए ।

कोरोना महामारी र लकडाउनका कारण निर्धारित तिथिमा रथयात्रा गर्न सकिएकाे थिएन । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन छ । त्यसकारण नागरिकहरूले निषेधाज्ञाकै बिच रथ तानेका हुन् ।

रथ तान्ने क्रममा अवराेध सिर्जना भएपछि आज बिहान ४ बजेदेखि बेलुकी १० बजेसम्म ललितपुरमा कर्फ्यु लगाइएकाे छ । कर्फ्युका बिच अहिले क्षमा पूजा गरिएकाे हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after