गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज बिहीबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशका २ जिल्लामा ३१ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार कास्कीमा २९ जना र तनहुँमा २ जना  गरी जम्मा ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ८ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री