काठमाडौँ । सोमबार सुन चाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस अघि आइतबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपियाँले बढेर १ हजार ३६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




