mainnews

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु तनहुँलका २२ जना, बाग्लुङका २ जना, कास्कीका ३ जना र नवलपरासी पूर्वका २ जना रहेका छन् । संक्रमितहरु मध्ये नवलपरासी पूर्वमध्यविन्दु-४ का संक्रमित महिला स्वास्थ्यकर्मी हुन् ।

त्यस्तै तनहुँको भानु नगरपालिका वडा नम्बर ६ का ९ जना र ७ का १३ जना रहेका छन् । उनीहरु कन्ट्रयाक्ट ट्रेसीङबाट संक्रमण पुष्टि भएकाहरु हुन् । त्यस्तै बाग्लुङका २ संक्रमित मध्ये एक जना तामान खोला-२ की महिला स्वास्थ्यकर्मी हुन् भने अर्की महिला स्थानीय व्यापारी हुन् ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ भने निको हुने दर ८४.६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २१२३ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

गण्डकीमा पछिल्लो मृत्यु हुनेमा नवलपरासी पूर्व विनयत्रिवेण-६ का ६२ बर्षिय पुरुषको शनिबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस