जिउँदो शहिद पत्नीलाई मेयर सरावगीद्वारा नियुक्ति पत्र प्रदान

वीरगंज।  वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले जिउँदो शहिद पत्नी शान्ति कुमारी देवीलाई नियुक्ति पत्र प्रदान गर्नु भएको छ ।
वीरगंज महानगरपालिकाको प्रथम नगर परिषदद्वारा मधेस आन्दोलनका शहिद तथा घाइते परिवारलाई उचित व्यवस्थापन गर्न निर्णय अनुसार जिउँदो शहिदको पत्नीलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

मधेस आन्दोलनमा प्रहरीको गोलिले घाइते भई अपांग जीवन व्यतित गरिरहेका वीरगंज महानगरपालिका वडा नम्बर १८ बगही निवासी मुन्सी पटेलको श्रीमतीलाई बगही स्वास्थ्य चौकीमा सेवा करार अन्तर्गत  वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मीले नियुक्त गर्नु भएको छ । शैक्षिक योज्यताको आधारमा शान्ति कुमार देवीलाई बगही स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा नियुक्त गरिएको हो ।

मेयर सरावगीले महानगरपालिका कार्यालयको आफ्नै कार्यकक्षमा एक कार्यक्रम गरी नियुक्ति पत्र प्रदान गर्नु भएको थियो  । नियुक्ति पत्र प्रदान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मी, माजवादी फोरम पर्साका जिल्ला प्रवक्ता रामनरेश यादव, वरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी लगयातको उपस्थिति रहेको थियो  ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री