पोखरा । नवलपरासीको बर्दघाटबाट पोखरा घुम्न आएका एक शिक्षककाे लेकसाईडको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ । बर्दघाट नगरपालिका –११ नवलपरासीका शिक्षक पोखरा–६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट बुधबार राति खसेको जानकारी प्राप्त भएकाे छ । बर्दघाटको माउण्ट एभरेष्ट अङ्ग्रजी बोर्डिङ स्कुलका शिक्षक २७ वर्षका रामप्रसाद आचार्य विद्यालयका अन्य ११ जनाको टोलीसहित पोखरा गएका थिए ।
मंगलबार बेलुका तीन साथीसहित होटल बाहिर मादक पदार्थ सेवन गरेर आएका उनीहरुले होटलमा आएपछि पनि मादक पदार्थ सेवन गरेको हाेटलले जानकारी दिएकाे छ । होटल प्राईम लेकसाईडको तेस्रो तलाको कोठा न ३०३ मा आचार्य २ साथीसँगै बसेका थिए ।
तपाईंको प्रतिकृया




