रेस्टुरेन्ट ढलेर किच्दा चीनमा कम्तीमा १७ को मृत्यु

काठमाडौं । उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेको रेस्टुरेन्ट भवन शनिबार भत्किएको हो ।

भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ भने तीमध्ये ७ गम्भीर र २१ जना सामान्य घाइते रहेका उद्धारमा संलग्नले जानकारी दिएका छन् । अझै अन्य व्यक्ति पनि फसेको आंशकामा उद्धार जारी रहेको स्थानीयले बताएका छन् । –एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस