ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

काठमाडाैं ।  ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन  पर्वतका प्रमुख नवराज सापकोटाले गरेका छन् ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएकाे छ ।

बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरू गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री