पर्सामा २३ वर्षीया गर्भवतीसहित ३ संक्रमितको मृत्यु

काठमाडौं । पर्सामा २३ वर्षीया कोरोना संक्रमित गर्भवतीसहित ३ जनाको मृत्यु भएको छ । दुई जनाको नारायणी अस्पताल र एकको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो ।

नारायणी अस्पतालमा प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको मृत्यु भएको हो । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए ।

उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक बताइएको छ ।

नारायणी अस्पतालमै उपचाररत एक पुरुषको बुधबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबनी गाउँपालिका-३ गुलरिया निवासी ७२ वर्षीय पुरुष छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती व्यक्तिलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको थियोे ।

यस्तै नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत संक्रमितको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१४ बहुअरीका ६२ वर्षीय पुरुषको आज बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मृतक कोरोना संक्रमितसँगै मिर्गौलाका बिरामी रहेको र उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो । गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

व्यासमा पुनः मतगणना गर्न अदालतको आदेश

काठमाडाैं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ । न्यायाधीशद्वय …

प्रतिकृया दिनुहॊस