काठमाडौं । एनआईसी एशिया बैंकले विश्वव्यापी कोभिड-१९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।
यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकहरूले यस बैंकको मोबाइल बैंङ्किङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम १०० सम्मको कारोबार ग्राहकहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।
डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी क्युआर मर्चेन्टस मार्फत उत्साहजनक विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहक महानुभावहरूलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो ।
यस असाधारण समयमा ग्राहकहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ ।
यस योजनामा मोबाइल बैंङ्किङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।



