झापा । छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झापाका ७० बर्षीय साईला टुडुलाई आफनै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।
सोमवार राती साँढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरीरको बिभिन्न भागमा अन्धाधुन्द कुटपिट गर्दा घाईते भएका साईलाको ंमृत्यु भएको प्रहरीले जनाएको छ ।
छोरा सुनिल टुडुलाई नियन्त्रणमा लिई सकेको छ ।
तपाईंको प्रतिकृया



