काठमाडौं उपत्यकामा थप २२४ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार २ सय २४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा १७७,ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३२ हजार ६ सय ७९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ५७ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ८ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप