mainnews

पाँच कर्मचारीमा कोरोना संक्रमण, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बन्द

सिन्धुली । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन् ।

कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले जानकारी दिए । उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा. ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे ।

जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे । जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे । सिन्धुलीमा सङ्क्रमितको संख्या २६ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस