मौरिससका लागि अवैतनिक वाणिज्य राजदूतमा गणेश कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्ष गणेश कार्की गणतन्त्र मौरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत नियुक्त भएका छन् ।

जलविद्युत् उद्यमी तथा सिंगटी हाइड्रोका कार्यकारी निर्देशक समेत रहेका कार्कीलाई विशिबार नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको हो । उनको कन्सुलर क्षेत्र २०८१ भदौ ३ गते (सन् २०२४ अगष्ट १९)सम्म काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) कायम रहने उल्लेख छ ।

वाणिज्यदूत नियुक्त भएपछि प्रतिक्रिया दिँदै कार्कीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन आफूले भूमिका खेल्ने बताए । साथै उनले नेपाल र मौरिससबीच व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा दूतावासको भूमिका समेत निर्वाह गर्ने प्रतिवद्धता जनाए । मौरिसस अफ्रिकन सामुन्द्रिक देश हो । विश्व बैंकका अनुसार त्यहाँ करिब १३ लाख जनसंख्या रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस