सन्दीपको टिम जमैका ट्रिनबागोसँग पराजित

काठमाडौँ । सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावह आफ्नो दोस्रो खेलमा पराजित भएको छ । शुक्रबार विहान सम्पन्न खेलमा जमैकालाई ट्रिनबागो नाइट राइडर्सले ७ विकेटले पराजित गरेको हो ।

जमैकाले दिएको १३६ रनको लक्ष्य पछाएको ट्रिनबागोले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ट्रिनबागोका लागि सुनिल नारनले सर्बाधिक ५३ रन बनाए भने कोलिन म्रुनोले ४९ रन बनाएका थिए । त्यस्तै डारेन ब्राभोले १४ रन बनाएका थिए ।

जमैकाका बलर सन्दीप लामिछाने, मुजीब उर रहमान र फिडेल एडवर्ड्सले एक एक विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३० रन दिएर सुनिल नारनको विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । जमैकाका लागि ग्लेन फिलिपले सर्बाधिक ५८ रन बनाए भने असिल अलीले २२, आन्द्रे रसेलले २५ र रमाल लुइसले १५ रन बनाएका थिए ।

योसँगै ट्रिनबागोले सिपिएलमा लगातार दोस्रो खेल जितेको छ । ट्रिनबागोको २ खेलमा २ जितसहित ४ अंक भएको छ । त्यस्तै पहिलो खेल जितेको जमैकाले भने दोस्रो खेलमा हार बेहोरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस