काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक र वायर बार्लीबिच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।
यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नाे खाता प्रयोग गरी वायरबारलीको मोबाईल एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
वायर बार्ली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंकको खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।
वायर बार्ली मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।
कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायर बार्ली को मोवाईल एप तथा अनलाईन पोर्टलको प्रयोगले छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सकिने जानकारी बैकले दिएको छ ।



