पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ। ती पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको हो ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने कुनै मूल्य परिवर्तन नगरिएको निगमले जनाएको छ । भारतबाटै आउने तेलको मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले दावी गरेको छ ।

हाल मूल्य समायोजन पश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा र डिजेलमा प्रति लिटर ३७ रुपैयाँ २७ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको दावी छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन सेक्युरिटिजको कारोबार शुभारम्भ

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको बाट व्यवसायिक कारोबार संचालनमा …

प्रतिकृया दिनुहॊस