काठमाडौं । अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा वर्षा जारी रहेको हो ।
साथै बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :-
साउन ३२ गते (आइतबार)
दिउँसो : देशभर आंसिक देखि समान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भाद्र ०१ गते (सोमबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ३ ,गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भाद्र ०२ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १ /२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।




