काठमाडौं । संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् ।
केहि दिन अगाडि एक टेलिभिजनमा सुवेदीले आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टभ्र्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भन्दै आफ्नो कार्यक्रममा व्यङ्ग गरेका थिए । सुवेदीले नायिका पूजा शर्मालाई लक्षित गरेर व्यङ्ग गरेको भन्दै चर्को आलोचना भएको थियो ।
यता नायिका पूजा शर्माले पत्रकार सुबेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै आइतबार कलाकार सघंमा उजुरी दिएकी थिईन् ।
तपाईंको प्रतिकृया



