ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर घोराहीमा

काठमाडौं । ग्लोबल आईएमई बैंकले दाङको घोराहीमा नयाँ एक्स्टेन्सन काउन्‍टर सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्स्टेन्सन काउन्‍टरको आइतबार उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चापर विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै दाङको घोराही उप-महानगरपालिका १५ स्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउन्‍टर सञ्चालनमा ल्याएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको शाखा सञ्जालसहित २३४ एटिएम, ४०एक्स्टेन्सन काउन्‍टर तथा राजस्‍व संकलन काउन्‍टर, २०३ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस