रुपन्देहीमा कार दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते

रुपन्देही । रुपन्देहीमा शुक्रवार राती कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका वार्ड नं.४ छिपागढस्थित हुलाकी सडकमा कार दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

परासीवाट भैरहवातर्फ आउँदै गरेको लु.२ च.६७५६ नं.को कार आफै अनियन्त्रित भई सडकदेखि १० मिटर उत्तर साईडमा पल्टन जाँदा कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नं.-४ का २७ वर्षीय देबेन्द्र चौधरी, रुपन्देहीको कोटहीमाई गाउँपालिका वार्ड नं.-३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं.-१२ पथगावाका १२ वर्षीय प्रदिप ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागी भीम अस्पताल भैरहवा लगिएको थियो । जसमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं.-४ बालापुरका ३४ वर्षीय अनिल यादव घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस