एन आई सी एशिया बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नुनपर्ने

काठमाडौं । एन आई सी एशिया बैंक  र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. बीच यस बैंकलाई Financing Partner बनाउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट Vice President  सौरभ राज थपलियाले हस्ताक्षर  गरे ।

उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङ प्रा. लि. ले  एन आई सी एशिया बैंकलाई Financing Partner बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रा. लि. का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ ।

साथै यस बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङ प्रा. लि. द्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहकहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ ।

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहकहरुले खरिद गर्न सक्नुहुनेछ ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहनुहुने ग्राहक महानुभावहरूले लिन सक्नुहुनेछ ।

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहक महानुभावहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङ प्रा. लि.बीच भएको छ ।

यो सुविधा सिप्रदी ट्रेडिङ प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहक महानुभावहरूले लिन सक्नुहुने समझदारीपत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ ।

एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस