अन्न भण्डारमा विष्फोट भएपछि लेबनानमा खाद्य संकटको चिन्ता

काठमाडौं । लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा खाद्यान्न नष्ट भएपछि खाद्य संकट आउनसक्ने देखिएको छ । विष्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएपछि समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताएका हुन् ।

उनकाअनुसार अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात छ । तर पिठो पर्याप्त रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ । विष्फोट अगाडि नै आर्थिक संकटमा परेको लेबनानमा अन्न आयातको लागि खर्च नभएको पनि मन्त्री नेहेले बताए ।

लेबनानले खाद्य सामग्री आयात गरेर बन्दरगाहमा भण्डारण गर्ने गरेको थियो । त्यही अन्न नष्ट भएको हो । विष्फोटमा परि ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । घाइते ४ हजारभन्दा बढीलाई विभिन्न अस्पताल लगिएको छ । बेरुतमा मंगलबार विष्फोट भएको थियो ।

अहिले पनि भवनभित्र १०० जनाभन्दा बढी फसेका र उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री