आजको मौसम : मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय गराउने न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिंदै गएको मौसमविदले बताएका छन् ।

हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिक हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय रेखा जति नेपाल नजिक भयो उति नै बढी बर्षाको सम्भावना हुने गर्छ ।

जल तथा मौसम विज्ञान विभागले आज ९बिहीबार० बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । गण्डकी प्रदेश, प्रदेश- ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको बुलेटिनमा जनाइएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन २२ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बागमती, र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २४ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री