काठमाडौं । विश्वस्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१२ सार्वजनिक गरेको छ ।
लामो समय तिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपालीबजारमा ३जीबी र्याम + ३२ जीबी रोम र ४जीबी र्याम + ६४जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो ।
ओपो ए१२मा रहेका रियर फिंगरप्रिन्ट सेन्सर, ओक्टा-कोर प्रोसेसर र एआई डुअल रियर क्यामेरा लगायत मेनस्ट्रिम सेटिङले स्मूथ परफरमेन्स दिनुका साथै यसलाई एन्ट्रि लेभल प्रयोगकर्ताका लागि उत्कृष्ट बिकल्पका रुपमा स्थापित गर्छ ।
पर्याप्त स्टोरेज, उत्कृष्ट परफरमेन्स / उत्कृष्ट अनुभव, रमाइलो अनुभव
नेपाली बजारमा ओपो ए१२को, ३जीबी ¥याम + ३२ जीबी रोम र ४जीबी र्याम + ६४जीबी रोम गरी दूई भ्यारियन्ट उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधा पनि उपलब्ध गरिएको छ ।
यसले गर्दा प्रयोगकर्ताले फोनमा रहेको सञ्चय क्षमताको चिन्ता बिनाआफ्नो दैनिकीमा फोनको सहजप्रयोग गर्न सक्छन् ।
यसमा रहेको ४२३०एमएएच क्षमताको ब्याट्रीले १७ घण्टा सम्मनिरन्तर भिडियो स्ट्रिमिङ धान्न सक्छ । फोनमा उपलब्ध गरिएको ओक्टा-कोर प्रोसेसर, मिडियाटेक हेलियो पी३५ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग-फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभवप्रदान गर्छ ।
ओपो ए१२मा रहेको कलरओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँउचाई प्रदानगर्नेछ ।
यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखि अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रितगर्न सघाउँदै सुरक्षाप्रदानगर्ने सोचका साथ राइडिङ मोड पनि उपलब्ध गरिएको छ ।
ओपो ए१२मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ । यसले स्वचालित रुपमा गेम, अडियो तथा भिडियोका आधारमा उत्कृष्ट साउण्ट ईफेक्ट सेटिङको छनोट गर्ने क्षमता राख्छ ।
हात र आँखा सुहाउँदो आकर्षक डिजाइन
ओपो ए१२मा अभूतपूर्व मनोरञ्जनात्मक अनुभवका लागि १५२०×७२० रिजोल्यूसन सहितको ६.२२ ईञ्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ ।
यसमा रहेको ब्ल्यू लाइट फिल्टरले गेमिङ होस् वा भिडियो हेरीरहेको समय जुनै बेला आँखालाई सुरक्षाप्रदान गर्छ ।
ओपो ए१२मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ यसले हेर्ने दृष्टिकोण अनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ ।
फोनको पछिल्तिर फिंगरप्रिण्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचानगर्ने क्षमता सहितको एआई फेसियल अनलक फिचर पनि उपलब्ध गरिएको छ ।
१९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइन सहितको यो फोनको बजन जम्मा १६५ग्राम रहेको छ । यसले गर्दा एकै हातबाट पनि फोनको सहज तथा आरामदायी प्रयोग गर्न सकिन्छ ।
जीवनको सुन्दरता कैद गर्न एआई सञ्चारित फोटो ग्राफी तथा भिडियो टूल्स
ओपो ए१२मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामेरा-१३एमपी प्रमुख + २एमपी डेप्थक्यामेरा जडान गरिएको छ ।
फोनमा रहेको १३एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६× डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसनतथा गुणस्तर सहितप्राकृतिक दृष्यखिच्न सघाउँछ ।
त्यसैगरी, २एमपी डेप्थक्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदानगर्दै पोट्रेट मोडमा सुदृढ बोके ईफेक्ट दिन्छ ।
ओपो ए१२मापोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागिदूई विशेष मोड्सको ब्यवस्था पनि गरिएका छन् ।
तस्विरलाई अझ आकर्षक बनाउन फोनमा पोट्रेट स्टाइल्स र ड्याजल कलर मोडको ब्यवस्था पनि गरिएको छ ।
स्वविवेकको प्रयोग मार्फत प्रयोगकर्ताका सेल्फी आकर्षक बनाउने क्षमता सहितको ओपोद्वारा स्वबिकसित एआई ब्यूटि फिकेसनले फोनको ५एमपी फ्रण्ट क्यामेरालाई शक्तिप्रदान गर्छ ।
एआई ब्यूटि फिकेसनले स्वचालित रुपमा छालाको गुणस्तर, उमेर लिंग, स्किन टोन लगायतको पहिचानगर्दै प्रयोगकर्ताका विशेषताकाआधारमा सटिक ब्यूटि फिकेसनका समाधान उपलब्ध गराउने क्षमता राख्छ ।
छोटा भिडियो मन पराउनेहरुका लागि ओपो ए१२मा सोलुप स्मार्ट भिडियो एडिटर पनि उपलब्ध गरिएको छ । य
सले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक ईफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।
भरपर्दो गुणस्तर र सेवा
उच्चमानकका आधारमा निर्मित तथा विकसित ओपोका उत्पादनहरु उच्च गुणस्तरिय हुने गर्छन् । यी उत्पादनहरुमा कम्पनीले १ लाख(भोल्यूम बटन टेस्ट, २ लाख(पावर बटन टेस्ट, २८ हजार( १० सीएम ड्रप टेस्ट परिक्षण गरिएका हुन्छन् ।
सार्वजनिक नयाँ उत्पादनका बारेमा बोल्दै ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘आफ्ना उपभोक्ता माझ नयाँ- नयाँ प्रविधि पस्कन ओपो हरदम प्रतिबद्ध छ ।
ओपो ए१२ मार्फत थपउपभोक्तामाझ मेनस्ट्रिम प्रविधिको फूलप्याकेज पस्कँदै तिनलाई अझ सहज र बौद्धिक तथा स्मार्ट जीवनतिर अग्रसर गराउनु हाम्रो उद्देश्य हो ।’
बजार उपलब्धता
ओपो ए१२को ३जीबी र्याम + ३२ जीबी रोम भ्यारियण्टको मूल्य रु. १८,५९० निर्धारण गरिएको छ र ४जीबी र्याम + ६४जीबी रोम भ्यारियण्टको मूल्य रु. २०,७९० निर्धारण गरिएको छ ।
प्रतिकृया दिनुहॊस