फेरि बढ्यो सुनको मूल्य, प्रतितोला ९९ हजार ८ सय पुग्यो

काठमाडौँ । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्य लगातार बृद्धि भइरहेको छ । आज पनि प्रतितोला २ सय रुपियाँ बढेर कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो भने सुनचाँदी दुबैको मूल्य स्थिर रहेको थियो ।

आइतबार र सोमबार एकै मूल्यमा सुनचाँदी किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ७५ रुपियाँ कारोबार भहिरहेको छ । भने चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको छ ।

आइतबार र सोमबार एकै मूल्य अर्थात छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा किनबेच भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस