एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सम्बन्धी सम्झौता भएको छ ।

स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवद्र्घन गर्ने उद्देश्यको साथै सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्।

यस अन्तर्गत दोस्रो पक्षले सहुलियतपूर्ण कर्जा जस्तै महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही उद्यम गर्न लागेका यूवाहरु, दलित तथा पिछडिएका समुदाय, शैक्षिक बेरोजगार यूवाहरुलाई लक्षित गरि सम्भाव्य उद्यमीहरुको पहिचान गर्ने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा …

प्रतिकृया दिनुहॊस