सुन तोलाको ९९ हजार पुग्यो

काठमाडौँ । विहिबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार पुगेको छ । यस अघि बुधबार सुन प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ५६० पुगेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य भने स्थिर रहेको छ । विहिबार चाँदी १२२५ मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस