निसीखोला र तमानखोलामा पहिरो : तीन जनाको मृत्यु

काठमाडौं । बाग्लुङका छुट्टाछुटै स्थानमा गएको पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ बालबालिकाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले दिएको जानकारी अनुसार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका-२ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको छ ।

दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक घाइते भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । यस्तै गएराती निसीखोला गाउँपालिका-१ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री