फाइल फोटो

निसीखोला र तमानखोलामा पहिरो : तीन जनाको मृत्यु

काठमाडौं । बाग्लुङका छुट्टाछुटै स्थानमा गएको पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ बालबालिकाको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले दिएको जानकारी अनुसार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका-२ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको छ ।

दुई बालबालिकासँगै सुतेकी आमा ३४ वर्षीय होमकुमारी विक घाइते भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । यस्तै गएराती निसीखोला गाउँपालिका-१ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds