नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला ९७ हजार ५ सय पुग्यो

काठमाडौँ । सोमबार सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्यमा प्रति तोला १२ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९७ हजार ५ सय पुगेको छ । यस अघि आइतबार सुन प्रति तोला ९६ हजार ३ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री