ज्योति विकास बैंकको १२औं वार्षिकोत्सव, राष्ट्रिय आवस्किार केन्द्रलाई सहयोग गर्ने

काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवकाे अवसरमा ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोर्ष’ मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो ।

बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ परियोजनाको लागि ८ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन् ।

अध्यक्ष खड्काले ज्योति विकास बैंकले राष्ट्र बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिईसकेको जानकारी गराए ।

१२औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्धघाटन गरेको छ ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस