सानिमा बैंकको सहयोग टिच फर नेपाललाई

काठमाडौं । सानिमा बैंकले टिच फर नेपाललाई विगतमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै, यस वर्ष पनि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ टिच फर नेपाल विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ ।

टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् भने १० हजारभन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सानिमा बैंकले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस