दुई तिहाइ सरकारलाई ‘धिकार्दै’ उपमेयर चौधरीले गरिन् राजीनामाको घोषणा

काठमाडौं । संघीय तथा स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगिरहेका बेला एक जनप्रतिनिधिले पदबाट राजीनामाको घोषणा गरेकी छिन् । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि पोख्दै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

उनले बुधबार साँझ फेसबुकमार्फत जनतासँग माफी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी छिन् । ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु । कालो कर्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुई तिहाइ सरकार !’ उनले भनेकी छिन् ।

उनले सरकारप्रति तीब्र असन्तुष्टि जनाएर राजीनामा दिने घोषणा गरे पनि असन्तुष्टिको विषय के थियो भन्ने कुरा स्पष्ट खुलाएकी छैनन् । चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds