पहिरोले घर पुर्दा झापामा एक जनाको मृत्यु

झापा ।  झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर- ९ निवासी १५ वर्षीय विवेक दर्नाल छन् ।

मेचीनगरबाट बुद्धशान्ति-७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको हो ।पहिरोमा परी ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री