एसइई परीक्षाफल ढिलो प्रकाशित हुने

काठमाडौं । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका ९ जिल्लाका कुनै पनि विद्यालयको प्राप्ताङ्क पनिकामा पुग्न सकेको छैन ।

सुदूरपश्चिम र प्रदेश १ को पहाडी जिल्लाका केही जिल्लाका विद्यालयले अहिलेसम्म प्राप्ताङ्क उपलब्ध नगराएका कारण परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा–१०) ले करिब ३० जिल्लाबाट प्राप्ताङ्क नपठाएका कारण ढिलो हुने देखिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले अहिलेसम्म करिब ४५ जिल्लाबाट प्राप्ताङ्क आइपुगेको जानकारी दिए । जिल्ला शिक्षा समन्वय समितिले प्राप्ताङ्क पठाउनुपर्ने व्यवस्था छ ।

तर बाढीपहिरोका कारण कर्णाली प्रदेशका कुनै पनि जिल्लाबाट नम्बरसहितको काजगात आएको छैन ।

‘साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेका छौं, अहिलेसम्म केही जिल्लाबाट प्राप्ताङ्क नआएकाले समस्या परेको छ’ –परीक्षा नियन्त्रक खकुरेले भने् ।

नेपाल समाचारपत्रबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भाडा बढी नअसुल्न निर्देशन दिइसके : मन्त्री पाण्डे

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल …

प्रतिकृया दिनुहॊस

This will auto close after