राप्तीमा जलसतह बढ्यो, तटीय क्षेत्र र सौराहमा खतरा

काठमाडौं । लगातारको वर्षाका कारण राप्तीमा पानीको बहाब बढेको छ । पूर्वी राप्ती जलाधारको रजैया बाढी मापन केन्द्रमा जलसतह सतर्कता आसपास पुगेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बहाव बढेकाले तल्लो तटीय क्षेत्र र चितवनको सौराह आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । राप्तीको प्रभाव राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगरपालिकाका विभिन्न क्षेत्रमा समेत प्रभाव पर्दछ ।

पूर्वी राप्ती जलाधार रजैया मापन केन्द्रका अनुसार, बिहान ६ः३० बजेसम्म नदीको जल सतह ३.२५ मिटर रहेको छ । उक्त नदीको जल सतह ३.३० मिटर सतर्कता तह हो भने ३.७० मिटर खतराको तह हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस