दार्चुलामा पहिरोमा पुरिएर ६ वर्षीया छोरीसहित आमाको मृत्यु

काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर ६ वर्षीया छोरीसहित आमाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका वडा नम्वर-६, परिगाउँमा गएराति आएको पहिरोमा परि ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पहिरोमा वेपत्ता भएका आमाछोरीको शव भेटिएको बताए । उनले पहिरोमा परि चार जना घाइते भएको, एउटा विद्यालय भवन सहित चार घर बगाएको र एक दर्जन घरमा क्षति पुगेको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस