नेपालको समसामयिक राजनिति र नेपाली काङ्ग्रेसको चुनौति विषयक भर्चुअल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय समिती द्वाराआयोजित नेपालको समसामयिक राजनिति र नेपाली काङ्ग्रेसको चुनौति विषयक ZOOM भर्चुअल कार्यक्रम सम्पन्न भएको छ।

 नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रीय अध्यक्ष  गोबिन्द प्रसाद शर्माको अध्यक्षता तथा   नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री  एन पि साउद, प्रमुख अतिथी , विशिष्ट अतिथी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व मन्त्री  नबिन्द्रराज जोशी , बिशिस्ट अतिथी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा युवा नेता  गुरुराज घिमिरेको उपस्थितिमा उक्त कार्यक्रम   सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री एन पि साउदले नेपाली काङ्ग्रेसमा बुद्धिजीवी, बैंकर्स, कानुनबिद, सहकारीकर्मि,नेपाल सरकारका विभिन्न तह/ पद बाट सेवा निवृत्त भएका सम्पुर्ण बुद्धिजीवीहरु बाट पार्टिलाइ सहयोग र संगठन सुदृढीकरण बिकास र बिस्तार गर्नका लागि नेपाल प्रजातान्त्रिक महासंघ स्थापना भएको हुनाले  पार्टीको शुभेच्छुक संस्थाको रुपमा अगाडि बढ्ने र अगाडि बढाउन प्रेरित गर्ने, सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसै गरि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री  नबिन्द्रराज जोशीले पनि समग्र संस्थाको संगठनको प्रशंसा गर्दै, विभिन्न शुभेच्छुक सङ्घ संस्थाहरुले पनि रास्ट्रब्यापी संगठनको कार्यात्मक तदारुकता देखाउन नसकेको यो विषम परिवेशमा नेपाल प्रजातान्त्रिक महासंघले संपुर्ण बौद्धिक बर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउंदा पार्टिका तर्फबाट पुर्णरुप मा सहयोग रहने प्रतिबद्दता जनाए ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री