काठमाडौं । लामखुट्टे र कोरोनाभाइरस अर्थात् सार्स कोभ २ को सम्बन्ध के होला ? यस विषयमा अहिले पनि विश्वमा विभिन्न अध्ययन भइरहेका छन् । यहीबीच विश्व स्वास्थ्य संगठनले लामखुट्टेको टोकाइबाट कोरोनाभाइरस नसर्ने बताएको छ ।
साइन्टिफिक जर्नलमा छापिएको एक रिसर्चअनुसार कोरोनाभाइरस संक्रमितलाई टोकेको लामखुट्टेले नै स्वास्थ्य मानिसलाई टोक्दा पनि कोरोनाभाइरस संक्रमण नहुने देखिएको छ । यस अध्ययनका अध्ययनकर्ताहरुले सबैभन्दा मुश्किल स्थितिमा पनि कोरोना लामखुट्टेको माध्यमबाट फैलिदैन ।
यो अध्ययनलाई विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ । यसै अध्ययनलाई आधार बनाएर विश्व स्वास्थ्य संगठनले लामखुट्टे कोरोनाको संवाहक नबन्ने बताएको छ । तर पनि अहिलेसम्म कोरोना भाइरस र जनावरको सम्बन्धका बारेमा भने अझै स्पष्ट हुन सकेको छैन ।
चीनको वुहानस्थित मासु बजारबाट शुरु भएको कोरोना भाइरस जनावरबाट नै मानिसमा फैलिएको बताइएको थियो ।
प्रतिकृया दिनुहॊस