नेपाल इन्भेस्टमेन्ट बैंकद्धारा पहिरो पिडितलाई सहयाेग

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले भारी वर्षाको कारण म्याग्दी जिल्लाका पहिरो पीडित नागरिकहरूलाई सहयोग गरेको छ ।

बैंकले आफ्नोसामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर)अन्तर्गत बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १सय  वटा कम्बल प्रदान गरेका  छन् ।

बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा १०  जनासम्मले आश्रय लिन सक्ने बैंकले जनाएको छ ।

पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक  पहिलो संस्था भएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप