बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ७३ बर्षीय पुरुषको मृत्यु भएको हो ।

सप्तरीका ती पुरुषको विहिबार राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । वीपीमा उपचाररत सप्तरीका एक पुरुषको मृत्यु भएको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले पुष्टि गरे । उनका अनुसार शवको व्यवस्थापनबारे नेपाली सेनासँग समन्वय भइरहेको छ ।

उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । मृतक प्रदेश २ को भएपनि प्रदेश १ मा उपचारको क्रममा मृत्यु भएको पहिलो व्यक्ति हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds