फाइल फोटो

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यान गयो

काठमाडौं । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दिपक तामाङको घर पुरिँदा ३३ वर्षीय तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले दिएको जानकारी अनुसार प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको छ । जीवितै उद्धार गरिएकामा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ छन् ।

उनीहरूको जिल्ला सामुदायिक अस्पताल वेसिशहर लमजुङमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस-एमालेको सत्ता सहकार्यले जनता खुशी छन् : सभापति देउवा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस-एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको दावी गरेका छन् । काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिकृया दिनुहॊस