यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  साथै  सुदुरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिेराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेगगर्जन, चट्याङग हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २४ गते (बुधबार)

दिउँसोः देशका अधिकांश भू-भागमस सामान्य  बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशका अधिकांश भू-भागमस सामान्य बदली प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश,  प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र  प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका  एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकै सिजनमा तीनपटक सगरमाथा चढिन् पूर्णिमा

   

प्रतिकृया दिनुहॊस