सुनको भाउ फेरि महंगियो, कति पुग्यो मूल्य (मुल्यसहित)

काठमाडौं । सुनको मूल्य आज (मंगलबार) फेरि बढेको छ । सोमबार तोलाको ९० हजार २ सय कायम भएको छापावाला सुनको मुल्य आज ७ सयले बढेर ९० हजार ९ सय कायम गरिएको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । आज तोलाको ९५० कायम भएको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस